कल्याणपुरका मेयर भन्छन् ः सबै माग पूरा गर्न तयार छु, विपक्षीले स्वार्थको आन्दोलन गर्दैछन्

1 वर्ष पहिले प्रकाशित

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बताएका छन् । उनले आइतबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएका हुन् ।

विपक्षीहरुले आफूलाई असफल बनाउन आन्दोलन र अनेक षड्यन्त्र गरिरहेको उनको भनाइ छ । लोकतन्त्रमा आन्दोलन गर्न पाइने तर, आन्दोलन जायज हुनुपर्ने भन्दै उनले आन्दोलनमा उठाइएका हरहिसाव सार्वजिक गर्नुपर्ने माग पूरा गर्न आफू तयार रहेको उनले बताए ।

गत आर्थिक वर्षको सम्पूर्ण आयव्ययको लेखा परीक्षण केन्द्रिय एकीकृत विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयले गरिरहेकाले प्रतिवेदन आफूले प्राप्त गर्ने वित्तिकै सार्वजनिक गर्ने उनले प्रतिवद्धता जनाए । उनले आफू आन्दोलनकारीहरुलाई पटकपटक वार्ताका लागि आह्वान गरेपनि उनीहरु वार्ता नचाहेको आरोप लगाएका छन् ।

यसले उनीहरुको स्वार्थ अरु नै रहेको प्रष्ट भएको मेयर साहले तर्क गरे । नगरपालिकालाई समृद्ध बनाउन सबैको उपस्थितिको उत्तिकै आवश्यकता रहेको भन्दै उनले वार्तामार्फत् समस्याको समाधान गर्न उनले आग्रह पनि गरे ।

नगरपालिकाले गत १५ गते बहुमतसहित आठौं नगरसभा सम्पन्न गरेको थियो । त्यसयता ४ जना वडाध्यक्षलगायतका जनप्रतिनिधि तथा विपक्षी दलका नेता कार्यकताले बजेट विनियोजनका विषयमा असन्तुष्टि जनाउँदै निरन्तर रुपमा आन्दोलन गर्दै आएका छन् ।

आन्दोलन उग्र बनेपछि त्यहाँ झडपसमेत हुँदै आएको छ । आन्दोलनकारीहरुले कार्यालयमा तोडफोड गर्दा र कर्मचारीहरुलाई कुटपिट गर्दा नगरपालिकाको कामकाज समेत अवरुद्ध रहँदै आएको छ ।

नवीनतम समाचार

कार्तिक १९, सिरहा, विनोद ठाकुर । आईतवार सिरहाको कल्याणपुर नगरपालिका गुन्जायमान रहयो, डा. सिके राउत जिन्दाबाद, चिकन..

असोज २१,सिरहा बिनोद ठाकुर ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार..

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बता..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?