राजनिति प्रभावले नगरपालिकामा गरेको तोडफोड र कर्मचारीमा बढाएको त्रासप्रति मिचैया नगरपालिकाको निन्दा
2 वर्ष पहिले प्रकाशित
वैशाख ११, मिर्चैया।
बिनोद ठाकुर । नरपालिकामा विगत केही दिन देखी भइरहेको आक्रमण प्रयासको मिर्चैया नगरपालिकाले घोर भतर््सना गरेको छ । आईतवार मिर्चैया अस्पतालको सभाहलमा आयोजित पत्रकार सम्मेलन मार्फत नगरपालिकाका निमित्त प्रमुख प्रसाशकीय अधिकृत र नगर प्रमुख श्रवण कुमार यादबले विकासीय काममा गरेको अवरोध र विना कुनै प्रमाण राजनितिक प्रभावमा आई भएको आक्रमणको घोर र्भत्सना र निन्दा गरेका छन ।
मिर्चैया नगरपालिका वार्ड नं. ५ मा रहेको कित्ता नं.२५६ सम्बन्धमा पछिल्लो केही दिन देखी केही व्यक्तिहरुले गरिरहेको दुसप्रचार सम्बन्धमा नगरपालिकाको ध्यानाकर्षण पनि भएको पत्रकार सम्मेलन मार्फत जनाएको छ । आज नगरपालिकाको मेयर श्रवण कुमार यादबले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाईएको घर टहरा हटाइएको जानकारी गराउनुभएको छ । केही स्थानीय व्यक्तिले नगरपालिकाको सुचनालाई ध्यान दिई आफैं घर टहरा व्यापस्थापन गरिदिन तथा केही व्यक्तिले उक्त सुचनालाई अटेरी गरिएको कारणले अनधिकृत रुपमा सार्वजनिक जग्गामा निर्माण गरिएको घर टहरा हटाइएको पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।
“मिर्चैया नगरपालिका वडा नं. ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रफल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा विवादमा गएको विहिबार भएको आन्दोलनको सिसि टिभी फुटेज को भिडियो देखाएर मेयर यादबले राजनितीक प्रतिशोध शाँध्न केही नेताहरुको बहकाउमा आफु विरुद्ध नारा जुलुस र दुसप्रचार गरिएको जनाइएको छ । नगरप्रमुख यादबले सो जग्गा आफनो आसेपासेको नाममा दर्ता गराउन लागिएको बिषयमा पनि कुनै सत्यता नरहेको दाबी गरेका छन । बरु मिर्चैयाको गुदरी बजारमा रहेको.बजारलाई व्यावस्थापनको लागी सम्बन्धित निकायमा पत्राचार गरिएको जानकारी दिनुभयो ।
“मिर्चैया नगरपालिका वडा नं. ५ साविक २ क को कित्ता नम्बर २५६ को ३–१२–१७ क्षेत्रफल र वडा नम्बर २ ख को कित्ता नम्बर ६० को ०–२–५–० जग्गा नेपाल सरकारको नाममा रहेको र कुनै पनि व्यक्ति वा संस्थाको नाममा नापी नगरिदिन भनी यस कार्यालयमा यहि मिति ०७९÷१२÷१७ गते पत्र मार्फत नापी कार्यालय सिरहाको नाममा पत्र लेखी पठाइएको साथै सो को जानकारी विशेष नापी कार्यालय मिर्चैया लगायत सम्बन्धित निकायमा जानकारी गराईसकिएकोले कुनै किसिमको गलत प्चारको पछाडि नलागिदिनुहुन सबैमा अनुरोध गरिएको छ ।
उक्त पत्रकार सम्मेलन मार्फत विगतमा र वर्तमानमा गरिएका सम्झौता र निर्णयहरुको बुँदागत रुपमा स्पष्ट पार्दै मेयर यादबले अब पनि आक्रमण र आन्दोलन नरोकिए नगरपालिकाले पनि सहि जवाफ दिने बताउनुभयो । विभिन्न मितिमा तीन पटक राजनितिक दलको प्रतिनिधि, नपाको प्रतिनिधि, व्यापारी, समाजसेवी लगायतको उपस्थितिमा बाटो र नाला निर्माण गर्ने निर्णय भएको जानकारी गराउनुभएको छ । त्यस्तै २०७४÷१२÷२५ गते उच्च अदालत राजविराज इजलासको आदेश बमोजिम कि.नं. २५६ ज.बि..३–१२–१७ जग्गा श्री ५ को सरकारको नाममा रहेको देखाइएको छ । नगर विकास कोषलाई परिपत्र, सर्वदलीय निर्णय, भुमिसुधार तथा मालपोत कार्यालय, सिरहाको परिपत्र र नापी कार्यालय सिरहालाई गरिएको पत्रको प्रमाण देखाउँदै मेयर यादबले कसैको बहकाउमा नलागी स्थानीय मिचैयाबासीलाई नगरको विकासमा काँधमा काँध मिलाई अग्रसर हुन अपिल समेत गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments