कल्याणपुर नगरपालिकाको सातौं नगरसभा (हिँउदे अधिवेशन) हर्षोल्लाशका साथ सम्पन्न

2 वर्ष पहिले प्रकाशित

विनोद ठाकुर, मिर्चैया ।
माघ २७, सिरहाको कल्याणपुर नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । कल्याणपुर नगरपालिकाको प्राङ्गगनमै रहेको रामजानकी धर्मशालामा सभा सम्पन्न भएको हो । उक्त नगरसभामा सभाको अध्यक्षता गर्नुभएको नगरप्रमुख रामपुकार शाह र उपप्रमुख रेखा कुमारी यादबले संयुक्त रुपमा उदघाटन गर्नुभएको थियो । त्यस लगत्तै सभाले विधिबत रुपमा औपचारिकता पाएको थियो । नगरसभामा नगरपालिकाका १२ वटै वडाका वडा अध्यक्षहरुले आ–आफ्ना स्वागत मन्तव्य राखेका थिए । त्यस क्रममा सबैले सबैको भावना र काखापाखा नगरी नगरसभा गराएकोमा नगर प्रमुख शाहलाई धन्यबाद दिएका थिए । नगर सभामा बोल्दै नगर प्रमुख शाहले आफ्नो कार्यकाल अवधिमा नगरभित्रका जनताले आगामी दिनमा कुने किसिमका गुनासा गर्ने दिन अब अन्त हुनेमा ढुक्क हुन आम सर्वसाधारणमा अपिल गर्नुभयो । म जनताको लागी काम गर्छु, जनताले कामै गर्नको लागी मलाई यहाँ नोकरी दिए, म आफुलाई जनताको नोकर सम्झी दिन रात काम गर्ने र मातहातका कर्मचारीलाई पनि यही अनुसार निर्देशन दिईसकेको बताउनुभयो । आफु आउनुभन्दा अगाडी नगरसभा हुन नसकेको भन्दै मेयर शाहले मेरो कार्यकालमा सफलतापूर्वक नगरसभा भएकोमा आफुलाई भाग्यमानी सम्झे । त्यही क्रममा अहिले पनि नगरपालिकाभित्र रहेका कतिपय बिकार र फोहोर व्यवस्थापनलाई सुधार गर्नमा आफु लागिपरेको बताए । नगरपालिका भित्र रहेका विद्यमान वेथितिहरुलाई सुदृढिकरण गर्दै आगामी पाँच वर्ष भित्र त्यस्ता वेथितिहरुलाई हटाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । नेपाल कृषि प्रधान देश हो । झन मधेश प्रदेश त ९५ प्रतिशत कृषिमा नै आधारित छ । तरपनि यहाँका कृषक समयमा मल, सिँचाइको अभावले ग्रसित छन । नगर प्रमुख शाहले सामुदायिक विद्यालयहरुमा वास्तवमै शिक्षक र पढाईप्रति चिन्ता ब्यक्त गर्दै अबका दिनमा थप कडाइका साथ अगाडी बढने आश्वासन दिनुभयो । नगरपालिकाको कार्यनिति ऐन बनिसकेकोले अब विद्यालयमा समयमा नआउने शिक्षकहरुको सरुवा यही फाल्गुन देखी गर्ने जानकारी गराउनुभयो । त्यसको लागी आफु स्वयम विद्यलयहरुमा निरिक्षण गर्ने पनि नगरसभाबाट घोषणा गर्नुभयो । त्यस्तै २१ औ शताब्दीमा पनि यहाँका जनता स्वास्थय सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्दै मेयर शाहले कल्याणपुर नगरपालिकाको हरेक वडामा एक एक वटा बर्थिङ्ग सेन्टर स्थापना गर्ने पनि योजना रहेको बताउनुभयो । संचार क्षेत्रमा नगरपालिकाको अहम भुमिका रहने बताउँदै मेयर शाहले देश विकास र स्थानीय सरकारको विकासमा पत्रकारको सहयोग अपरिहार्य रहेकोले स्वतन्त्रपूर्वक कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । कल्याणपुर नगरपालिकामा कृषकहरुको लागी छुट्टै योजना रहेको नगरसभाबाट मेयर शाहले जानकारी गराउनुभयो । नगरभित्रका कृषकहरुको लागी सिँचाई, मलखाद्य र बिउविजनको आवश्यक व्यबस्था मिलाउनका लागी नगरपालिकाबाट उच्चस्तरीय कदम उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यता, वडा अध्यक्षहरुले कृषि, स्वास्थय र शिक्षालाई प्रमुख प्राथमिकता दिई यहाँका नागरिकको जिवनस्तर उकास्न जोड दिए । अतितका कुरालाई बिर्सि अब नयाँ आयाम थप्दै कल्याणपुर नगरपालिकालाई सिरहा जिल्लामा मात्रै नभई देशकै उत्कृष्ट नमुना नगरपालिका बनाउनमा हामी सबै एक ढिक्का भएर काम गनुपर्ने आवश्यकता रहेको मेयर रामपुकार शाहको भनाइ रहेको छ ।
सम्पन्न नगरसभाबाट ७६ करोड ५ लाख ८० हजारको आर्थिक वर्ष ०७९÷०८० को नगरस्तरीय प्रशासनिक खर्च संशोधित बजेट सर्वसम्तिले पारित गरिएको छ ।

नवीनतम समाचार

कार्तिक १९, सिरहा, विनोद ठाकुर । आईतवार सिरहाको कल्याणपुर नगरपालिका गुन्जायमान रहयो, डा. सिके राउत जिन्दाबाद, चिकन..

असोज २१,सिरहा बिनोद ठाकुर ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार..

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बता..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?