दक्षिणी सीमा क्षेत्रमा हुने लुटपाट र दुर्व्यवहारजन्य घटना रोक्न हेल्प डेस्क सञ्चालनमा ल्याउन सहमत
2 वर्ष पहिले प्रकाशित
आश्विन १२, २०७९
काठमाडौँ — दक्षिणी सीमा क्षेत्रमा सर्वसाधारणमाथि हुने लुटपाट र दुर्व्यवहारजन्य घटना रोक्न नेपाल–भारतका सुरक्षा अधिकारी यात्रु सहायता कक्ष ९हेल्प डेस्क० सञ्चालनमा ल्याउन सहमत भएका छन् । त्यसका लागि अन्तर्राष्ट्रिय प्रवेशरप्रस्थान बिन्दुमै नेपालको सशस्त्र प्रहरी बल ९एपीएफ० र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० ले आवश्यकताअनुसार कतै एकल र कतै संयुक्त प्रतिनिधि रहने हेल्प डेस्क सञ्चालन गर्ने भएका हुन् ।
‘सीमा सुरक्षा, व्यवस्थापन र समन्वय’ सम्बन्धी मंगलबार काठमाडौंमा सुरु छैटौं बैठकमा यस्तो समझदारी बनेको हो । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र भारतीय सशस्त्र सीमा बलका प्रमुख सुजोय लाल थाउसेन तथा दुवै देशका गृह र परराष्ट्र मन्त्रालयका प्रतिनिधि बैठकमा सहभागी छन् । पूर्वनिर्धारित एजेन्डाअनुसार नै अन्तर्राष्ट्रिय सीमा नाकामा दुवै देशका तर्फबाट हेल्प डेस्क सञ्चालन गरी सुरक्षित रूपमा आउजाउ गर्ने प्रबन्ध मिलाइने बैठकमा समझदारी बनेको हो ।
सशस्त्र प्रहरीका एक अधिकारीले दसैं, तिहार र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई समेत मध्यनजर गरेर सीमाबाट हुने आउजाउलाई व्यवस्थित र सुरक्षित बनाउन दुवै देशका सीमा सुरक्षार्थ तैनाथ निकायले हेल्प डेस्क सञ्चालन गर्ने बताए । त्यसलाई बोर्डर आउट पोस्ट ९बीओपी० तहबाट कार्यान्वयनमा लगिने उनको भनाइ छ । पहिलो दिन अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणसहित विषयमा छलफल भएको छ ।
रोजगारी तथा भारतीय बजारमा किनमेल गरेर फर्किएका कतिपय नेपालीमाथि नाकामै लुटपाट हुने गरेको छ । तर, त्यस्ता घटना नियन्त्रण गर्न भारतीय सुरक्षाकर्मीले आलटाल गर्ने र मजदुररकिसानसँग भएका धनमाल सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन सशस्त्र प्रहरीले समन्वय नगर्ने गरेका आरोप पनि लाग्दै आएको छ । सीमा बैठकमा सशस्त्र प्रहरीको बीओपी र भारतीय काउन्टरपार्ट्स एसएसबीका संयन्त्रबाटै यस्ता अपराध रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रूपमा काम गर्ने दुवै पक्षले प्रतिबद्धता जनाएका छन् । सशस्त्र प्रहरी प्रधान कार्यालयले पनि केही दिनअघि भारततर्फ सीमा क्षेत्रमा तैनाथ बीओपीलाई परिपत्र गरेर हेल्प डेस्क सञ्चालन गर्न निर्देशन दिएको छ ।
भारतसँग करिब १ हजार ८ सय ८० किमि लम्बाइको सीमा क्षेत्र रहेकामा सशस्त्र प्रहरीका २ सय २० बीओपी सीमा क्षेत्रमा तैनाथ छन् । तर, नेपालतर्फ भारतले ५ सय ३० भन्दा बढी ठाउँमा एसएसबीका युनिट खडा गरेर नेपाल आउजाउको निगरानी गर्छ । कतिपय ठाउँमा एसएसबी खटिएकै क्षेत्रमा नेपाली नागरिक लुटपाटमा पर्दासमेत दुवै देशका सुरक्षाकर्मी बेखबर जस्तै देखिने गरेका छन् । त्यस्ता घटना दोहोरिन नदिन नै द्विपक्षीय बैठककै एजेन्डामा यो विषय समेटिएको गृह मन्त्रालयका एक अधिकारीले बताए ।
इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, बाँकेको जमुनाह, कपिलवस्तुको कृष्णनगर, कैलालीको गौरीफन्टा र मोहना, दार्चुलाको पुलाघाट, बैतडीको झुलाघाट, कञ्चनपुरको गड्डाचौकी भारतसँग जोडिएका प्रमुख नाका हुन् । यसबाहेक खजुरगाछी ९झापा०, भन्टाबारी ९सुनसरी०, कुनौली ९सप्तरी०, जटही र इनर्वा ९धनुषा०, भिट्टामोड ९महोत्तरी०, मलंगवा ९सर्लाही०, बंकुल ९रौतहट०, मटिअर्वा र सिम्रौनगढ ९बारा०, त्रिवेणी ९पूर्वी नवलपरासी०, महेशपुर ९पश्चिम नवलपरासी०, तौलिहवा ९कपिलवस्तु०, कोइलाबास ९दाङ०, सुरजपुर ९बर्दिया० लगायत नाकाबाट पनि भारत हुँदै नेपाली आउने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments