राष्ट्रपतिको कदमविरुद्ध जसपाको प्रदर्शन

2 वर्ष पहिले प्रकाशित

वीरगन्ज
राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा जनता समाजवादी पार्टी ९जसपा० सडक आन्दोलनमा उत्रिएको छ।

जसपाले बुधबार वीरगन्जमा सडकमै टायर बालेर नाराबाजी गर्दै प्रदर्शन गरेको हो। जसपाका युवा विधार्थीहरुले वीरगन्जको आदर्शनगर चोकमा टायर बालेर नाराबाजी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा पनि मागेका छन्।

मंगलबार मध्यरात १२ बजेसम्मको समयसीमा रहेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले दोस्रोपटक प्रमाणीकरण गर्न अस्वीकार गरेकी हुन्।

संसदको दुवै सदनबाट दोश्रोपटक पास भइ राष्ट्रपतिकोमा पठाइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गर्नु पर्ने अन्तिम समय मंगलबार राति १२ बजेसम्म थियो। तर राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण नगरेपछि उनले संविधानको उल्लंघन गरेको भन्दै चर्को आलोचना भइरहेको छ।

त्यसैक्रममा बुधबार वीरगन्जमा जसपाका युवा विधार्थी नेताहरुले राष्ट्रपति भण्डारीको विरोधमा सडकमै टायर बालेर प्रदर्शन गरेका हुन्। प्रदर्शनका क्रममा उनीहरुले राष्ट्रपति भण्डारी मुर्दावाद, राष्ट्रपति भण्डारी राजीनामा देऊ, शीतल निवास खाली गर, लाखौं युवालाई नागरिकताविहीन बनाउन पाइँदैन लगायतका नारा लगाएका थिए।

विरोध प्रदर्शनमा सहभागी जसपाका जिल्ला सचिव तबरेज अहमदले संविधानको रक्षक राष्ट्रपतिले नै संविधानको ठाडो उल्लंघन गरेकाले उनको राजीनामाको माग गर्दै प्रदर्शन गरिएको बताए।

उनले कुनै पनि विधेयक दुवै सदनबाट पारित गरी दोश्रो पटक राष्ट्रपतिकोमा पठाएपछि राष्ट्रपतिले १५ दिन भित्रमा प्रमाणीकरण गर्नु पर्ने प्रावधान संविधानमै उल्लेख रहेको बताए। तर राष्ट्रपति भण्डारीले एमाले पार्टीको कार्यकर्ता बनेर नागरिकता विधेयक प्रमाणीकरण नगरेको आरोप उनको छ।

अहमदले भने, ‘राष्ट्रपतिले तत्कालै राजीनामा दिइनन् भने हामी अझ सशक्त आन्दोलनका साथ सडक उत्रिन्छौं, राष्ट्रपति भण्डारीलाई घुँडा टेकाएरै छाड्छौं।ु

प्रदर्शनमा सहभागी जसपा निकट समाजवादी विधार्थी युनियन पर्साका अध्यक्ष एजाजबाबु राँकीले नागरिकता विधेयक प्रमाणीकर नगर्ने राष्ट्रपति भण्डारीको कदम संविधान माथिकै प्रहार भएको बताए। उनले भने, ‘संविधान नै नमान्ने राष्ट्रपति यो देशलाई चाहिएको छैन, त्यसैले राष्ट्रपतिले छिट्टै राजीनामा दिनु पर्छ होइन भने हामी देशभर आन्दोलनको आँधी ल्याउँछौं।ु

राँकीकै नेतृत्वमा भएको प्रदर्शनमा जसपाकी नेतृ एंव प्रदेशसभा सदस्यहरु करिमा बेगम र भीमा यादव, जसपाका नगर अध्यक्ष इश्वरचन्द्र यादव, जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख नेक महम्मद अन्सारी, युवा नेता मुकेश द्विवेदी लगायतको सहभागिता थियो।

नवीनतम समाचार

कार्तिक १९, सिरहा, विनोद ठाकुर । आईतवार सिरहाको कल्याणपुर नगरपालिका गुन्जायमान रहयो, डा. सिके राउत जिन्दाबाद, चिकन..

असोज २१,सिरहा बिनोद ठाकुर ।  सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार..

सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहले नगरपालिकामा जारी आन्दोलन स्वार्थको आन्दोलन भएको बता..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?